Logo

सिधा कुरा डार्क फाइल रिपोर्टका सूचनादाता तिमिल्सिना पक्राउ



काठमाडौं, ५ साउन । सिधा कुरा डटकम अनलाइनबाट प्रशारित डार्क फाइल रिपोर्टका सूचनादाता राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (बुधबार) साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिधा कुरा डटकमले प्रशारण गरेको अडियो तिमल्सिनाले उपलब्ध गराएको बताइएको छ । उक्त अडियो रिपोर्टलाई लिएर अदालतको मानहानी मुद्दा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको पेशी भोलि (बिहीबार) तोकिएकोमा प्रहरीले उनलाई आज नियन्त्रणमा लिएको छ ।

सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो।

सिधाकुराले सो भिडियोमा कान्तिपुरका मालिका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर भिडियो सामाग्री तयार गरेको थियो । सो मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको वृतत्तपूर्ण इजलासमा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्