Logo

मन्त्रिपरिषदको बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने



काठमाडौं, ६ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव पेश गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट ग्रिन सिग्नल पाएर नै सञ्चारमन्त्री गुरुङले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लान लागेको स्रोतले बताएको छ । आज बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट आजै पारित हुने र पहिलेको झैं पुनः टिकटक चलाउन पाइने बताइएको छ ।

टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार समेत गरिसकेको बताइएको छ । तत्कालीन सरकारले गत २०८० कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्