Logo

पाँच वर्षे हदम्याद राखेर ठूला दलले भ्रष्टाचारीलाई चोख्याउन खोजेको सांसद अमरेशको आरोप



काठमाडौं, ६ भदौ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले २०४८ सालदेखि सरकार चलाएका ठूला दलका नेताहरुलाई भ्रष्टाचारको मुद्दामा चोख्याउन ५ वर्षे हदम्याद राख्न खोजिएको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा ५० वर्षपछि पनि मुद्दा चलाइनुपर्ने र कुनै हदम्याद राखिन नहुने बताए ।

‘ठूला दलले २०४८ सालदेखि सरकार चलाएका छन् । आफूलाई चोख्याउन ५ वर्षको समय राखेको छ ? भ्रष्टाचार भनेको भ्रष्टाचार हो । ५० वर्षपछि थाहा भएपनि भ्रष्टाचारको मुद्दा भ्रष्टाचार नै हुन्छ । त्यसलाई चोख्याउन मिल्दैन । पाँच वर्षको समय दिएर भ्रष्टाचार चोख्याउन लागिएको हो ? त्यसमा मेरो आपत्ति छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्