Logo

सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित तीन जनालाई समितिले बयानका लागि बोलायो



काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित तीन जनालाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको छ । समितिले लामिछानेसहित नेपाल प्रहरीको पूर्व डीआईजी छविलाल जोशी र तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेल (पुरूष) लाई बयानमा बोलाएको हो ।

समितिको बैठक भोलि विहान ११ बजेदेखि बस्नेछ । लामिछानेलाई भने दिउँसो २ बजेको समय दिइएको छ । लामिछानेमाथि गोर्खा मिडिया नेटवर्क प्रा.लि. मार्फत सूर्यदर्शन, सुप्रिम र सहारा सहकारीको ठूलो रकम अपचलन गरेको आरोप छ । उन गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

पूर्व डीआईजी श्रेष्ठ गोर्खा मिडियाका सञ्चालक हुन् । त्यस्तै, तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पौडेल विभिन्न सहकारीमा संलग्न रहेको देखिएकाले उनलाई बयानमा बोलाइएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्