Logo

सलिकोद्वारा आयोजित ‘बीमा सम्बन्धि जनचेतना’ कार्यक्रम सम्पन्न



काठमाडौं, ७ भदौ । सगरमाथा एण्ड लुम्बिनी इन्स्युरेन्स कम्पनी लिमिटेड (सलिको) ले फूटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपाल (एफम्यान) मा आवद्ध सदस्यहरुका लागि बीमा सम्बन्धि जनचेतना प्रदान गर्ने उद्देश्यकले तालिम प्रदान गरेको छ ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एफम्यानमा आवद्ध पदाधिकारीहरुलाई बीमा सम्बन्धि नीति, नियम र उद्योगीहरुका लागि बिमाको महत्वको विषयमा तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै एफम्यानका अध्यक्ष रुद्र न्यौपानेले सलिकोले फुट्वेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपाललाई प्रदान गरेको जनचेतना कार्यक्रम एकदमै फलदायी रहेको बताए ।

उद्योगीहरुलालाई बीमाको बारेमा राम्रोसँग जानकारी नहुँदा धेरै समस्या झेल्नुपरेको बताउँदै उनले बीमा सबैका लागि एकदमै आवश्यक रहेको र सबै उद्योगीहरुले आफ्नो उद्योगको अनिवार्य बीमा गराउँन समेत आग्रह गरे ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा बीमा प्राधिकरणका निर्देशक सुवेदीले सलिकोले बीमाको आवश्यकता र महत्व सम्बन्धि एकदमै महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे ।

सलिकोकी डिसिईओ बारिष्मा साउद आचार्यले संस्था स्थापनादेखि हालसम्मका गतिविधिहरुको बारेमा प्रकाश पारेकी थिइन् ।

सगरमाथा र लुम्बिनी इन्स्युरेन्स कम्पनी मर्ज भएपछि कम्पनी एकदमै शसक्त र आर्थिक हिसाबले पनि बलियो भएको बताउँदै उनले अहिले कम्पनीमा २ अर्ब ६२ करोड पुँजी पुगेको बताईन् ।

सलिकोका सिईओ चंकी क्षेत्रीले पछिल्लो समय सलिको नेपालकै १ नम्बर बीमा कम्पनी बन्न सफल भएको बताए । सबै उद्योगीहरुलाई बीमाको महत्व तथा बिमा गरिसकेपछि जोखिम न्युनिकरण हुने र जस्तोसुकै आपत विपत् आईपरेपनि ढुक्क भएर आफ्नो व्यवसायलाई निरन्तरता दिन सकिने भन्दै सबै उद्योगी व्यापारी व्यवसायीहरुलाई आफ्नो व्यवसायको अनिवार्य बीमा गर्न आग्रह गरे ।

कार्यक्रममा एशोसियसनका वर्तमान कार्यसमितिका पदाधिकारीहरु, पूर्वअध्यक्षहरु तथा विभिन्न जुत्ता कम्पनी संचालकहरुले सहभागिता जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्