Logo

निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र राखिन हुँदैनः चन्द्र ढकाल



काठमाडौं, ७ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राखिन नहुने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र राखिन नहुने बताएका हुन् ।

‘अहिले हाम्रो निजी क्षेत्र त्रासित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रलाई हेर्ने भनिएको छ । निजी क्षेत्रलाई अख्तियारको दायराभित्र राख्ने हो भने मलाई लाग्छ निजी क्षेत्रले छोटो समयमा गरेको एक्टिभिटी छ, पूर्वाधार, कालकारखानादेखि हरेक क्षेत्रमा ब्रेक लाग्नेछ । यो सिरियस हिसाबले हेर्नुपर्छ,’– उनले भने ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र राखिन खोजिएको छ । यी विधेयकहरुमाथि अहिले प्रतिनिधि सभाअन्तर्गतको समितिमा छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्