Logo

नक्कली शैक्षिक प्रमाणपत्रधारी तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक शाहूविरुद्ध मुद्दा दायर



काठमाडौं, ७ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नं.४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहूविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा लाभ लिएको आरोप लगाएको छ । ल शाहूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शाहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा नियुक्त हुन डा.राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेको र उक्त प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ ।

शाहूलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्