Logo

सदनबाट टीआरसी विधेयक पारित भएपछि प्रचण्डको प्रतिक्रियाः ‘हाम्रो टाउकोमा झुण्डिएको तरबार हट्यो’



काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक टुङ्गिएसँग आफूहरुको टाउकोमा रहेको तरबार हटेको टिप्पणी गरेका छन् । आज (शनिबार) नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले माओवादी अब डराउनु नपर्ने बताएका हुन् ।

‘भर्खरै सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भयो । अब त्यसलाई अन्तिम रुप दिइएपछि तपाईँ हाम्रो टाउकोमा कहिले काहीँ तरबार झुण्डिएको जस्तो थियो । त्यो तरबार हट्यो अब डराउनुपर्ने कुनै कारण छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्