Logo

आचार्य कृष्ण दमाइलाई धनगढीका मेयर हमालले गरे सम्मान



काठमाडौं, ८ भदौ । धनगढी उपमहानगरपालिकाले आचार्य कृष्ण दमाइलाई सम्मान गरेका छन् । आज (शनिबार) एक कार्यक्रमका बीच उपमहानगर प्रमुख गोपाल हमालले दमाइलाई सम्मान तथा बधाइ ज्ञापन गरेका हुनु । दमाई संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो पटक आचार्य उत्तीर्ण गर्ने व्यक्ति हुन् । दमाईले नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर) उत्तीर्ण गरेका छन् ।

मेयर हमालले आचार्य दमाईलाई १ लाख ५१ हजार नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा मेयर हमालले आचार्य दमाइ समाजको लागि प्रेरणादायी व्यक्तित्व भएकाले सम्मान गरिएको बताए । उनले जातले कोही ठूलो र सानो नहुनेसमेत बताए । ‘मेरो पहिलेदेखिको अभियान समाजमा विभेद हटाउनु हो । कृष्ण दमाईले जुन विद्या आर्जन गरेर अघि बढनु भएको छ, यो समाजका लागि ठूलो प्रेरण हो,’– मेयर हमालले भने ।



प्रतिक्रिया दिनुहोस्