Logo

प्रचण्डको आक्रोशः भ्रष्टाचारीहरुले संख्या देखाएर सरकारबाट हटाए



काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारीहरुले संख्या देखाएर आफूलाई सरकारबाट हटाएको टिप्पणी गरेका छन् । आज (शनिबार) नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले आफूहरुलाई हटाउनेलाई २०८४ को निर्वाचनमार्फत कहिले पनि सत्तामा नआउने बताइदिने बताए ।

‘तपाईँ हामी सबै एक भएर लाग्यौं भने २०८४ मा ०६४ को हैसियत प्राप्त गर्न सक्छौं । त्यसपछि यी भ्रष्टाचारीहरु, संख्या देखाएर हामीलाई सरकारबाट बाहिर गराएका छन् । यिनीहरुलाई कहिले पनि आउन नदिने वातावरण बनाउन सकिन्छ । त्यो बनाउनै पर्छ,’– उनले भने ।

आफूलाई माओवादीलाई फेरि ०८४ को हैसियतमा ल्याउन सकिन्छ भन्ने विश्वास रहेको उनले सुनाए । आफू प्रधानमन्त्रीबाट बाहिरिँदै गर्दा पनि विजेताको रुपमा बाहिरिएको उनको दाबी छ । अहिले सरकारमा गएकाहरु कायरजस्तो भएर गएको उनको टिप्पणी छ । ‘म सरकारबाट बाहिरिँदैगर्दा विजेताको रुपमा छोडेको छु । म साँच्चै हिजोको सुप्रिम कमाण्डर जस्तोगरी छोडेको छु,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्