Logo

रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मृत फेला



काठमाडौं, ९ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका– २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् । आज (आइतबार) बिहान बर्दिबास–जलेश्वर सडकखण्डको बर्दिवास वडा नं. ८ मा उनी मृत फेला परेका हुन् ।

घटनास्थल नजिकै मृतक यादवले चढ्ने गरेको मोटरसाइकल पनि फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सो घटनालाई लिएर अहिले बर्दिबास(जलेश्वर सडक अबरुद्ध बनेको छ । उनको मृत्यु के कति कारणले भएको हो भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्