Logo

महामन्त्रीद्वयको प्रस्ताव जस्ताकोतस्तै पारित हुँदैनः डीला संग्रौला (भिडिओसहित)



काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसकी नेतृ डा. डीला संग्रौलाले महामन्त्रीद्वयको प्रस्ताव जस्ताकोतस्तै पारित हुन नसक्ने बताएकी छ । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवादको क्रममा उनले महामन्त्रीद्वय विश्वप्रकाश शमा र गगन थापाले पेश गरेको प्रस्तावमा मिश्रित प्रतिक्रिया आइरहेको जानकारी गराउँदै जस्ताकोतस्तै पारित हुन नसक्ने बताएकी हुन् ।

कांग्रेसको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनमा कसैसँग पनि गठबन्धन नगरी कांग्रेस आफ्नै बलमा चुनाव लड्नु्पर्ने प्रस्ताव अगाडि सारेको थिए । महामन्त्री शर्माले पार्टीमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी कोही पनि सांसद बन्न नपाउने नीति पारित हुनुपर्ने प्रस्ताव अगाडि सारेका थिए । महासमिति बैठकले महामन्त्रीद्वयको प्रस्ताव सर्वसम्मतीले पारित गरी अन्तिम निर्णयको लागि केन्द्रीय समितिमा पठाएको थियो । अहिले सो प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । महामन्त्री शर्माले अगाडि सारेको ‘कएक्जिट पोलिसी’ मा कांग्रेस संस्थापन समूह असन्तुष्ट छ ।

केन्द्रीय समितिमा सहमहामन्त्रीसम्मले आफ्नो धारणा राखिसकेको बताउँदै नेतृ संग्रौलाले अब पदाधिकारी,महामन्त्रीद्वय र सभापतिले बोलिसकेपछि उक्त प्रस्तावबारे निश्कर्ष निस्किने बताईन् । ‘विश्वप्रकाश शर्माको ‘एक्जिट पोलिसी’ मा व्यापक छलफल भएको छ । गगन थापाको गठबन्धन गर्ने वा नगर्ने भन्ने प्रस्तावमा पनि छलफल भएको छ । दुवैमा मिश्रित प्रतिक्रिया आएको छ । मध्यमार्गी धारमा जानुपर्छ भन्ने कुरा आएको छ । केन्द्रीय समितिले परिमार्जन गर्छ,’– उनले भनिन् । File Photo



प्रतिक्रिया दिनुहोस्