Logo

काभ्रे तरुण दल पहिरो पीडितको उद्धार र राहतमा सकृय



काठमाडौं, ९ भदौ । विगत केही दिनदेखि निरन्तरको अविरल वर्षातका कारणले २०८१ भदौ ४ गते काभ्रे, तेमाल गाउँपालिका वडा नं.५ कोकाममा पहिरो गएको थियो । उक्त पहिरोमा परि १ घर पुर्णरुपमा क्षति भएको थियो भने ४ वटा घर भई बस्न नहुने गरि क्षति पुगेको थियो । पहिरोमा परि एक जना गर्वभती महिला घाइते भई धुलिखेल अस्पतालमा उपचारत अवस्थामा छ ।

यस आपतकालीन र दुखद परिस्थितिमा नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुणदलका नेताहरु मिथुन कुमार लामा, हिरालाल लामा, बज्र लामा र मिन्टु लामाले अभियान सञ्चालन गरेका थिए । उनीहरुले २ दिन अभियान सञ्चालन गरेर विभिन्न संघ संस्था व्यवसायी र सहयोगी दाताहरुबाट आर्थिक सहयोग रकम संकलन गरिएको थियो । उक्त अभियान बाट जम्मा तीन लाख ४६ हजार तीन सय ९० रुपैयाँ संकलन गरि जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिम बहादुर तामाङमार्फत पिडितहरुलाई हस्तान्तरण गरिएको थियो ।

पिडितहरुलाई नगद रकमबाहेक घरायसी समाग्रीहरुका साथै दाल, चामल, बिस्कुट, सिरक(डस्ना, लत्ताकपडालागायतका खाद्यसामाग्रीसमेत हस्तान्तरण गरिएको थियो । उक्त हस्तान्तरण कार्यक्रममा सोही वडाका वडा अध्यक्ष हजार सिँ लामा, नेपाल तरुणदल केन्द्रीय सदस्य स्मीता लामा, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सचिव दावा फेन्चु लामा, नेपाल तरुणदल जिल्ला सदस्यद्वय निमा लामा, युवराज लामालगायत स्थानीयहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

वडा अध्यक्ष हजार सिंह लामाले वडा र पालिकाबाट गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याइँ नगरि सहयोग गर्ने बताएका थिए । अभियानकर्ता मिथुन कुमार लामाले यस अभियानलाई आर्थिक सहयोग गरि साथ दिने सम्पूर्णलाई धन्यवाद र कृतज्ञता समेत व्यक्त गरेका थिए । पिडितहरुले पनि यस दुःखद् समयमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्