Logo

समानुपातिक समावेशी प्रणाली खारेज गर्नेगरी संविधान संशोधन हुनसक्दैनः मन्त्री गुरूङ



काठमाडौं, १० भदौ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनमार्फत समानुपातिक समावेशी व्यवस्था खारेज नहुने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समानुपातिक समावेशी प्रणाली संविधानको प्रस्तावनामै उल्लेख रहेको बताउँदै उनले त्यो खारेज नभएर व्यवस्थापन गर्न सकिने बताएका हुन् ।

‘समानुपातिक समावेशी प्रणाली खारेज हुँदैन । अहिलेको संविधानको प्रस्तावनामै बोलेको कुरा हो त्यो । त्यसको चाहीँ व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न हुनसक्छ,’– मन्त्री गुरुङले भने ।

साथै, आफूहरुले सहमतिको आधारमा संविधान संशोधनको प्रयास अगाडि बढाउने पनि उनले बताए । संविधान संशोधन गर्ने क्रममा अहिले प्रतिपक्षमा रहेको दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दललाई पनि विश्वासमा लिने कोशिस गरिने उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्