Logo

मड्का फुटाउने प्रतियोगिता सम्पन्न (फोटोफिचर)



काठमाडौं, १० भदौ । काठमाडौंको कपुरधारास्थित चिल्ड्रेन पार्कमा आयोजना गरिएको मड्का फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । सामाखुसी युवा क्लबले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सो प्रतियोगिताको आयोजना गरेको थियो ।

उक्त प्रतियोगिता २०५६ सालदेखि हरेक वर्ष निरन्तर मनाइने गरिएको क्लबका अध्यक्ष दीपेन्द्र केसीले बताए । आजको प्रतियोगितामा रातो र निलो रिबन लगाउने दुई समूह सहभागी थिए । निलो रिबल लगाउने समूह आजको प्रतियोगितामा प्रथम भएको छ ।

डोरीमा माटोको मड्कामा दही राखेर झुण्ड्याइने र प्रतियोगीले उक्त मड्का फुटाउने चलन रहँदै आएको छ । मड्का निकै माथि डोरोमा झुण्ड्याइने भएकाले मानिसमाथि मानिस चढेर फुटाउने गरिन्छ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्