Logo

कुलमानको विरुद्धमा सार्वजनिक लेखा समितिमा अहिलेसम्म प्रश्न उठेको छैनः ऋषिकेश पोखरेल (भिडिओसहित)



काठमाडौं, ११ भदौ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बारेमा समितिमा आहिलेसम्म प्रश्न नउठेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्राधिकरणमाथि केही प्रश्नहरु उठेको भएपनि कार्यकारी निर्देशक घिसिङमाथि कुनै प्रश्न नठाइएको बताएका हुन् । कुलमानको विरुद्ध प्रश्न उठाइयो भनेर नियोजित समाचारहरु बनाइएको उनको दाबी छ ।

आफूहरुले महालेखाको ६१औं प्रतिवेदनले उल्लेख गरेको २१ अर्ब ८८ करोड किन नउठाएको भनी प्रश्न गरेको बताए । सार्वजनिक लेखा समितिको विषयमा भ्रम सिर्जना गरिएको उनको दाबी छ । आफूहरुले कूल बक्यौतामध्ये १६ अर्ब किन छुट दिइएको भन्दा गलत प्रचार गरिएको सभापति पोखरेलले बताए । ‘१६ अर्ब छुट दिइएको छ, त्यो कुरा सोध्न नपाउने कस्तो देश हो ? हिजोआज त मलाई कस्तो लाग्नथाल्यो भने, सबैभन्दा क्रान्तिकारी कुरा गर्न थाल्यो, सबैभन्दा सेलिब्रेटी कुरा गर्नथाल्यो भने त भ्रष्टाचार त त्यहीभित्र रहेछ भन्ने लाग्न थाल्यो,’– उनले भने ।

विद्युत प्राधिकरणको १६ अर्ब रुपैयाँ छुट दिनेहरुले नै सार्वजनिक लेखा समितिमा ठूला कुरा गरेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्