Logo

एकीकृत समाजवादीको उपाध्यक्षमा झाँक्रीसहित १५ जनाको उम्मेदवारी (सूचीसहित)



काठमाडौं, ११ भदौ । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ । गत भदौ ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेसँगै निर्वाचन गरिएको छ ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मतिले चयन भएका थिए । २१ सदस्यी पदाधिकारीमा अब १८ पदमा निर्वाचनद्वारा टुङ्ग्याउन लागिएको छ ।

गत महाधिवेशनअघि सचिवको भूमिकामा रहेको रामकुमारी झाँक्रीले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । महिला क्लष्टरमा उम्मेदवारी दिएकी झाँक्रीको प्रतिस्पर्धी जयन्तीदेवी राई छिन् । उपाध्यक्षको मधेशी समुदाय क्लष्टरमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यसै गरी खुल्ला उपाध्यक्ष चार जनामा ललितबहादुर बस्नेत क्षेत्री, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा. विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम प्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्