Logo

मुकुल ढकाल रास्वपाको साधारण सदस्य पनि नरहनेगरी निष्काशित



काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशित गरेको छ । आज (मंगलबार) बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि निष्काशन गरेको हो । ढकाल यसअघि पार्टी महामन्त्रीको भूमिकामा थिए । पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोपमा उनलाई पार्टीको महामन्त्रीबाट हटाइएको थियो ।

रास्वपा अनुशासन आयोगको सिफारिसमा पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । ढकाललाई पार्टीको हितविपरीतको गतिविधिमा कारबाही गर्न अनुशासन आयोगले यथेष्ट प्रमाणहरु केन्द्रीय समितिलाई बुझाएको कार्यवाहक प्रवक्ता झाको भनाइ छ ।

निष्काशित महामन्त्री ढकाललाई रास्वपाले यसअघि पटक–पटक स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको प्रत्येक स्पष्टीकरणको जवाफमा उनी सभापति रवि लामिछानेमाथि जाइ लागेका थिए । लामिछानेको दोहोरो नागरिकता, दोहोरो राहदानी र सहकारी ठगीमा कारबाही हुनुपर्ने कुरा उनले उठाउँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्