Logo

एक हप्ताभित्र देशभर कित्ताकाट खुल्छः मन्त्री अधिकारी (भिडिओसहित)



काठमाडौं, ११ भदौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको एक हप्ताभित्र देशभर कित्ताकाट खुल्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कार्यविधि बनाएर किटाकाट खुलाउने तयारी भइरहेको बताएका हुन् ।

‘कित्ताकाट रोकेर जनताको हित हुन्छ ? अब दुई÷तीन दिनमै कार्यविधि बनाएर कित्ताकाट फुकाउने काम पनि मैले तुरुन्तै गर्छु । अबको एक हप्ताभित्रमा कित्ताकाटको समस्या रहन्न । अहिले किनबेच बन्द भयो, अंशबण्ड बन्द भयो, अब खुल्छ,’– उनले भने ।

त्यस्तै, स्मास्ट सिटीअन्तर्गत रोक्का रहेका जग्गाबारे पनि चाँडै निर्णय हुने उनले बताए । आफूले स्मार्ट सिटीअन्तर्गतको जग्गाबारे सहकारी विकास मन्त्रालयमा पनि कुरा राखिसकेको मन्त्री अधिकारीले बताए । ‘स्मार्ट सीटी भनेको सहकारी विकास मन्त्रालयअन्तर्गत पर्छ । मैले दुई पटक सहरी विकास मन्त्रालयलाई निकास दिन भनेको छु । मैले सरकारी विकासलाई भनेँ । हामीले कति गर्नसक्छौं त्यति गर्छौं, नत्र फुकुवा गर्छौं भनेको छ । यदि गरेन भने मैले क्याविनेटमा प्रस्ताव लान्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्