Logo

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध



काठमाडौं, ११ भदौ । नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध चयन भएका छन् । गत भदौ ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेसँगै निर्वाचन गरिएको थियो । वरिष्ठ उपाध्यक्षमा पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गरेका थिए । बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मतिले चयन भएका थिए । २१ सदस्यी पदाधिकारीमा अब १७ पदमा निर्वाचनद्वारा टुङ्ग्याउन लागिएको छ ।



प्रतिक्रिया दिनुहोस्