Logo

प्रतिनिधि सभाको बैठक जारी, प्रचण्डले सम्बोधन गर्ने {LIVE}



काठमाडौं, ११ भदौ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउनेछन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नेछन् भने सभामुख देवराज घिमिरेले पूर्वसांसद् तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने बताइएको छ । प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने छन् ।



प्रतिक्रिया दिनुहोस्