Logo

कांग्रेस–एमालेको गठबन्धन स्वार्थ, भागबण्डा र राज्यशक्तिको दोहनका लागि हो भन्ने स्पष्ट भएको छः माधव सापकोटा



काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार स्वार्थ, भागबण्डा र राज्यशक्तिको दुरुपयोगका लागि बनेको भन्ने स्पष्ट भइसकेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संघमा कांग्रेस–एमालेसहितको सरकार बनेको २ महिना पुग्नै लाग्दा प्रदेश सरकारहरुले पूर्णता नपाउनु र मन्त्रालय थपिनुले गठबन्धनको धरातल उदाङ्गो भएको बताएका हुन् ।

‘संघमा दुई ठूला दल मिलेर सरकार बनेको झण्डै दुई महिना पुग्नलाग्यो । तर, प्रदेश सरकारको अवस्था हेर्दा यो समीकरणको धरातल उदाङ्गो भएको छ । … समग्रताबाट हेर्दा दुई ठूला पार्टीहरुको गठबन्धन स्वार्थ, भागबण्डा र राज्यशक्तिको दोहनका लागि हो भन्ने प्रष्ट भएको छ,’– उनले भने ।

सांसद सापकोटाले कोशीमा सरकारले अझै पूर्णता पाउन नसकेको, गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा बढाएर १० वटा बनाउन लागिएको, कर्णालीमा एक जना मन्त्री थप गरिएको बताउँदै वर्तमान सरकारको औचित्यतामाथि नै प्रश्न उठाए ।

त्यस्तै, बामगतीमा मन्त्रालयको टुङ्गो नलागी विनाविभागीय मन्त्रीहरुको शपथ गरिएको, लुम्बिनी र सुदूरपश्मिमा समेत मन्त्रीहरु बढाउने र मन्त्रालय थप्ने तयारी भइराखेको र मधेश प्रदेशमा मन्त्री र राज्यमन्त्रीको लर्को लगाएर राज्यशक्तिको दोहन गरिएको उनले बताए । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्