Logo

पार्टी सभापति लामिछानेमाथि मुकुलले लगाएको आरोप एउटा पनि सत्य छैनः गणेश पराजुली (भिडिओसहित)



काठमाडौं, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले मुकुल ढकाललाई गरिएको कारबाही कानुनसम्मत रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिक दल सम्बन्धि ऐनमा रहेको व्यवस्थाअनुसार मुकुलाई हटाइएको बताएका हुन् ।

साथै, रास्वपाबाट निष्काशित ढकालले सभापति रवि लामिछानेमाथि लगाएको कुनै पनि आरोपमा सत्यता नरहेको उनको भनाइ छ । पार्टीबाट निष्काशित हुनुपर्दाको रनाहमा मुकुलले सभापति लामिछानेविरुद्ध बोलेको उनले दाबी गरे ।यी विषयहरु आज उहाँलाई पार्टीबाट कारबाही गरिसकेपछि घटेका घटना हुन् र ? हिजो सहयात्रा हुँदैगर्दा हामीसँगै लडेका युद्ध हुन् नि ? होईन र ? मैले यसलाई प्रतिक्रियाको रुपमा लिएकै छैन । यी कुरा प्रतिक्रियाका लागि लिन योग्य होईनन्,’– रास्वपाका सभापति लामिछानेलाई मुकलले सहकारी ठगी, दोहोरो नागरिकता, दोहोरो राहदानीलगायतका प्रकरणमा दोषी प्रमाणित गर्न सक्छु भनि दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले भने ।

साथै, अहिले देशका सबैभन्दा बढी चर्चा रास्वपाको रहेको र सबै स्थापित दलहरुलाई रास्वपा सबैभन्दा ठूलो समस्याको रुपमा देखापरेको उनले टिप्पणी गरे । ‘आज राजनीतिक दलहरुमा सबैभन्दा धेरै चर्चा गरिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको गरिन्छ । सबै स्थापित दलहरुको लागि सबैभन्दा ठूलो समस्या भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो । किनकी यो देश बनाउने प्रक्रियामा सशक्त रुपमा जनताले दिएको विश्वास, आश, भरोसाको रुपमा उदायको चौथो ठूलो दलको विषयमा कोही यसरी प्रस्तुत हुनुलाई म ठूलो कुरा मान्दिनँ,’– उनले भने ।

मुकुल ढकाल रास्वपाले कारबाही गरिसकेको एक जना पात्रमात्रै रहेको बताउँदै नेता पराजुलीले ढकालको बारेमा धेरै चर्चा गर्न आवश्यक नै नरहेको बताए । कारबाही गरिसकेको पात्रले के बोल्छ र के गर्छ भन्ने कुरा फरक नपर्ने उनका भनाइ छ । पार्टी बनाउने डे वानमा जोडिएका २१ जना केन्द्रीय सदस्यको उत्तिकै भूमिका रहेको बताउँदै उनले कसैलाई घटी वा बढी भूमिका छ भनेर प्रचार गर्न आवश्यक नरहेको बताए । साथै, पार्टीमा पछिल्लो समय जोडिएको, मत दिएका, आलोचकलगायतको पनि पार्टी निर्माणमा ठूलो भूमिका रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्