काठमाडौं, १२ भदौ । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी भएको छ । उक्त विधेयक आजै राष्ट्रपतिसमक्ष पठाएर प्रमाणीकरण गरिने तयारी रहेको बताइएको छ । उक्त विधेयक संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भएको थियो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबाट प्रमाणीकरण गरेर आजै शीतल निवास पठाउने तयारी रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रुपमा लागू हुनेछ ।