Logo

सभामुख घिमिरेले गरे टीआरसी विधेयक प्रमाणीकरण



काठमाडौं, १२ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्को दुवै सदनबाट सर्वसम्मतिले पारित गरेको उक्त टीआरसी विधेयक सभामुख घिमिरेले प्रमाणीकरण गरेसँगै आज नै राष्ट्रपतिसमक्ष पठाउने तयारी रहेको बताइएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रुपमा लागू हुनेछ ।



प्रतिक्रिया दिनुहोस्