Logo

जसपा नेपालमा जति ठूलो गद्दारी, त्यति ठूलो पदः पूर्ण बस्नेत



काठमाडौं, १२ भदौ । पदाधिकारी चयनको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र असन्तुष्टि चुलिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले विधि, पद्धति मिँचेर आफूलाई मन परेका मान्छेमात्रै पदाधिकारीमा चयन गरेको जसपा नेपालका नेताहरुको आरोप छ ।

यसअघि जसपा नेपाल प्रचार विभाग प्रमुख भएर काम गरेका पूर्ण बस्नेतले जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनपछि कुनै जिम्मेवारी नपाएकोमा असन्तुष्टि व्यक्त गरका छन् । उनले पार्टी परित्याग गर्छु भनेर धम्क्याउने लाक्पा शेर्पा र पार्टी काम लाग्दैन भन्दै हिँड्ने राजकुमार राईलाई सचिव, एमालेमा पदको बार्गेनिङ गर्दै हिँड्ने विद्युत बज्राचार्य उपाध्यक्ष, पार्टी विभाजनका परिकल्पनाकार र योजनाकार रकम चेम्जोङलाई सहअध्यक्ष बनाएको भन्दै आपत्ति जनाएका छन् । जसपा नेपालमा जति ठूलो गद्धारी त्यति ठूलो पद पाइने भन्दै उनले व्यङ्ग्य गरेका छन् ।

‘पार्टी परित्याग गर्छु भन्दै धम्क्याउदै हिड्ने लाक्पा शेर्पा सचिव, यो पार्टी काम लाग्दैन तपाईं (जुद्ध ढाक्रेलाई) घोषणापत्र लेख्नुस्, म विधान लेख्छु, भनेर लागेका राजकुमार राई सचिव, एमालेमा पदको बार्गेनिङ गर्दै हिडेका विद्युत बज्राचार्य उपाध्यक्ष, जसपा नेपाल फुटाएर जसपा पार्टी बनाउने मुख्य परिकल्पनाकार र योजनाकार रकम चेम्जोङ सह( अध्यक्ष । जसपा नेपालमा जति ठूलो गद्दारी त्यति ठूलो पद,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्