Logo

योगेश भट्टराईले जनयुद्धको बेला चन्दा असुली र हतियार तस्करी गरेको माओवादी सांसदहरुको आरोप



काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) नेता एवं प्रतिनिधि सभा सदस्य छिरिङ डुम्डुल लामा (भोटे) ले नेकपा (एमाले) सचिव एवं सांसद योगेश भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शून्य समयमा सम्बोधन गर्दै भोटेले आफैं हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद भट्टराईले हिजोको प्रतिनिधि सभा बैठकमा माओवादी सशस्त्र विद्रोहलाई हिंसा भनेपछि माओवादी–एमालेका सांसदहरुबीच नोकझोक चलेको थियो ।

‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो,’– उनले भने ।

त्यस्तै, माओवादी नेतृ एवं सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले पनि सोही विषयमा आपत्ति जनाईन् । उनले योगेशमाथि लागेको आरोपमा छानविनको माग गरिन् । ‘एक जना माननियले केही समय पहिला उहाँलाई जनयुद्ध कालमा उहाँलाई हतियार खरिद–विक्री र ओसारपसारमा संलग्न रहेको आरोप लगाउनु भएको छ । यस बारेमा उचित छानविनका लागि सम्मानित संसद्को गम्भीर ध्यानाकार्षण गराउँछु ।



प्रतिक्रिया दिनुहोस्