काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुन पदमुक्त भएका छन् । उनलाई सुदूरपश्चिम कार्यसमितिले बिहीबार बर्खास्त गरेको हो । बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको आरोप छ ।
‘पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहज÷असफल बनाउने बिविध क्रियाकलापहरु गर्नुभएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जबाफ सन्तोषजनक नभएको हुदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० उपधारा १ को (ग) र दोश्रो संसोधन विधानको भाग– ७ धारा २८ उपधारा १ को (ट) बमोजिम यहाँलाई आजको मिति २०८९/०५/१३ गते बिहिबारका दिन देखि प्रदेश महामन्त्री पदको जिम्मेवारिबाट मुक्त गरिएको ब्यहोरा जानकारी गराउदछु,’– रास्वपा सुदूरपश्चिका सभापति प्रकाश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।