Logo

भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्दा खासै फरक पर्ने थिएनः एमाले नेता मैनाली (भिडिओसहित)



काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य अच्यूतप्रसाद मैनालीले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राखिएकोमा अनावश्यक हल्ला चलाइएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारलाई अप्ठ्यारो पार्ने दुराशायका साथ विधेयकको व्यवस्थालाई अनावश्यक हल्ला मच्चाइएको बताएका हुन् ।

भ्रष्टाचारको मुद्दामा थाहा पाएको मितिले ५ वर्षेभित्र मुद्दा चलाइसक्नु पर्ने व्यवस्था राख्न खोजिएको उनले बताए । त्यसैलाई गलत प्रचार गरिएको उनको भनाइ छ । थाहा पाएको मिति २० वर्षपछि पनि हुनसक्ने उनको भनाइ छ ।

‘अनावश्यक रूपबाट यो कुरा उठाइएको थियो । थाहा पाएको मिति भन्नाले कुनै पनि समय त्यो हुनसक्छ । लिखतहरुमा पनि यी कुराहरु राखिएका छन् । कानुनी क्षेत्रका मानिसहरुले यो कुरालाई अनावश्यक ठानेका थिएनन् । यो कुरालाई अनावश्यक ढंगबाट सरकारलाई अप्ठ्यारो पार्ने दूरासायहका साथ हल्ला मच्चाइयो । यो सम्बन्धित समितिमा छलफलकै क्रममा थियो । संशोधनको अवसर बाँकी नै थियो । यो ड्राफ्ट भएर आएको थियो, त्यो कुरालाई नै अपव्याख्या गरियो । यसमा हामीलाई कुनै आपत्ति छैन । एक मत भएर समितिले त्यो फिर्ता लिएको हो । यद्यपि त्यो राख्दा पनि कुनै खासै असर पर्ने भने थिएन । पाँच वर्षे भन्न खोजेको होईन । मैले कुनै अनियमितता गरेको २० वर्षपछि थाहा पाइयो भने थाहा पाएको मितिले ५ वर्ष भनिएको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्