Logo

घण्टी बोकेर मात्र चुनाव जितिँदैन, जनताको एजेण्डा बोक्नुपर्छः रवि लामिछाने



काठमाडौं, १५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन जित्न जनताको एजेण्डा बोक्नुपर्ने बताएका छन् । आज (शनिबार) पार्टीको कर्णाली प्रदेश भेलालाई विरेन्द्रनगरमा सम्बोधन गर्दै उनले घण्टी बोकेरमात्रै चुनाज नजितिने बताएका हुन् । ‘घण्टी बोकेर मात्र जितिँदैन । जनताका एजेण्डा बोक्नुपर्छ,’– उनले भने ।

साथै, प्रतिस्पर्धाबाट अब्बल हुनेलेमात्रै पार्टीमा अवसर पाउने उनको भनाइ छ । कर्णालीले जित्नका लागि २०८४ को निर्वाचनमा रास्वपाले जित्नुपर्ने उनको भनाइ छ । सभापति लामिछानेले वर्तमान सरकारले आगामी तीन वर्ष बाँडिचुँडी खानेबाहेक केही गर्न नसक्ने दाबी गरे । उनले वर्तमान सरकारलाई ‘अनुभवी लुटेरा गठबन्धन’ को संज्ञा दिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्