Logo

रविलाई दोषी ठहर गरेको छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर, आजै सदनमा पेश हुने



काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ।तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो ।

आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदनमाथि प्रतिनिधि सभा बैठकमा पेस हुनेछ । समितिले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा दोषी भएको निष्कर्ष निकालेको छ । समितिले लामिछानेसहित ९ जनालाई कारबाहीको लागि सिफारिससमेत गरेको स्रोतले जनाएको छ ।

‘समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रतिवेदनले सहकारीसँग सम्बन्धित तमाम समस्या हल गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘सहकारी समस्यालाई हामीले पार्टीभन्दा माथि उठेर विकराल राष्ट्रिय समस्याका रुपमा लिएका छौं । त्यसरुपमा हामीले गम्भीरतापूर्वक आत्मसात गरेका छौं । यसमा अपचलनका, ठगीका, दुरुपयोगका अनेकखाले प्रवृत्तिका बारेमा हामीले छलफल गरेका छौं,’– सभापति थापाले भने ।

सघन परामर्श,अध्ययन र तथ्यहरु केलाएर प्रतिवेदन तयार पारिएको उनले बताए । प्रतिवेदन संसद्मार्फत कार्यान्वयनका लागि सरकारलाई पठाइने उनले बताए । प्रतिवेदन १८ परिच्छेदमा रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्