Logo

अमेरिका उड्नुअघि सदनमा प्रधानमन्त्रीको प्रतिवद्धता: नेपालको शिर ढल्नेगरी कुनै काम गर्दिन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूले देशको शिर निहुरिनेगरी कुनैपनि काम नगर्ने स्प्रष्ट पारेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा संयुक्त राष्ट्र संघको महासभा बैठक र त्यहाँ हुने छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफूले नेपालको इज्जत तल झर्ने र नेपालको शिर निहुरिने कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘म नेपालको शिर ढल्नेगरी,नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनैपनि हिसाबले प्रभाव, प्रतिष्ठा, सरोकार तल नपर्नेगरी काम गर्दिन’, प्रधानमन्त्रीको भनाइ छ । उनले आफूहरूले गर्ने राजनीति देश र जनताका लागि भएको भन्दै भोलिका लागि केही नगर्ने हो भने धर्ती बाँझो हुने बताए ।

ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराएका छन्।

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ।



प्रतिक्रिया दिनुहोस्