Logo

सहकारी ठगी प्रकरणः छानविन विशेष समितिले संसद्मा पेश गर्यो प्रतिवेदन



काठमाडौं, ३१ भदौ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रतिनिधि सभामा प्रतिवेदन पेश गरेका छन् । समितिले तीन महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरी प्रतिवेदन तयार गरेको थियो । कूल सात सदस्यीय उक्त समितिले प्रतिवेदनमा आज हस्ताक्षर भएको थियो ।

कार्यदेशमा उल्लेखित सहकारी संस्थासहित ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको सभापति थापाले बताए । उनले ती सहकारीहरु अप्ठ्यारो र बचत दुरुपयोगको समस्याबाट गुज्रिरहेको उनले बताए । अध्ययनका क्रममा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा सबैभन्दा बढी समस्या पाइएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्