Logo

प्रतिनिधि सभाको चालू अधिवेशनको ५६ वटै बैठकमा अनुपस्थित हुने यी हुन् ४ सांसद



काठमाडौं । प्रतिनिधि सभाका ४ जना सांसद संसद्को चालु अधिवेशन भरीनै सदनमा उपस्थित नभएको पाईएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली र कारणबारे जानकारी गराएका थिए। यसरी लगातार अनुपस्थित हुने सांसदहरूले स्वास्थ्य उपचार, विदेश भ्रमण लगायतका कारण पेस गरेका छन् । जसमा ४ जना सांसद चालु अधिवेशनको ५६ ओटै बैठकमा अनुपस्थित भएका छन् ।

सूचीअनुसार नेपाली काँग्रेसका सांसद मनोरमा शेरचन र अम्बिका बस्नेत, नेकपा एमालेका सांसद बसन्तकुमार नेम्वाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बोहोरा सबैभन्दा बढी ५६ वटा बैठकमा अनुपस्थित भएका छन् ।

शेरचन थेरापी चलिरहेको कारण, नेम्वाङ मस्तिष्क घातको उपचाररतका कारण र बोहोरा स्वास्थ्य उपचारका कारण गत वैशाख २८ देखि चालू अधिवेशनकै अन्तिम दिन भदौ ३१ सम्म ५६ वटा बैठकमा अनुपस्थित भएका हुन् ।

त्यस्तै १० भन्दा बढी बैठकमा अनुपस्थित हुने अन्य सांसदहरूमा गीता बस्नेत, राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, कालुराम राई र नारायणप्रकाश साउद रहेका छन् । उनीहरूको अनुपस्थिति सभाले स्वीकृत गरेको सभामुख घिमिरेले घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्