Logo

प्रेम सुवाललाई सभामुखको आश्वासन: सहकारी छानबिन समितिको प्रतिवेदन पढ्न पाउनुहुन्छ



काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी ठगीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सबै सांसद्ले पढ्न पाउने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले प्रतिवेदन सांसदले कहिले पढ्न पाँउछन् भन्दै प्रश्न गरेका थिए ।

प्रश्न गरेपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन पाउने बताए । तर कहिले प्रतिवेदन पाउने भन्ने बारेमा भने मिति तोकेनन् ।

सभामुखले भने, ‘सबैले पाउनुहुन्छ । कपी हुन बाकी छ ।’ यो सँगै प्रतिनिधि सभाको चौथो चालु अधिवेशन सकिएको पत्र पढेर सभामुखले सभा अन्त्य गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्