Logo

प्रधानन्यायाधीश सिफारिसका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक जारी



काठमाडौं, ३१ भदौ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आह्वान गरिएको संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिमात्रै बैठक सुरु भएको हो । आजको बैठकको मूल एजेण्ड नै प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्ने रहेको बताइएको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था रहेको छ । प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् । प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने काम परिषद्ले गर्छ ।

बालुवाटार स्रोतका अनुसार आजको बैठकमा परिषद्का सबै सदस्यहरुको उपस्थिति रहेको छ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि दुई पटक परिषद्को बैठक बसेपनि निष्कर्षविहीन बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्