Logo

चिनियाँ कम्पनीले मेलम्ची खानेपानीमा गुणस्तरहीन पाइप उपलब्ध गराएको प्रकृति पूजन निर्माण तथा सप्लायर्सको आरोप



काठमाडौं, १ असोज । प्रकृति पूजन निर्माण तथा सप्लायर्स प्रा.लि.का प्रमुख जनकराज घिमिरेले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणको पेटी ठेक्कामा आफूलाई फसाइएको बताएका छन् । काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वय निर्देशनालयद्धारा ठेक्का प्रदान गरिएको आवश्यक सामग्रीहरुको आपूर्तिकर्ता चिनियाँ कम्पनी हुआशुई र त्यसको नेपाली साझेदार कन्काई जेभीले गुणस्तरहीन सामग्री दिँदा आफू अन्यायमा परेको बताएका हुन् ।

सुन्दरीजलदेखि १६०० मीटरसम्म पाइप विच्छाउने आशिक (पेटी) ठेक्का प्रकृति पूजन निर्माण तथा सप्लायर्सले पाएकोमा मुख्य ठेकेदार कम्पनीले दिएको पाइप गुणस्तरहीन हुँदा आफू अन्यायमा परेको प्रकृति पूजनका प्रमुख घिमिरेले बताए ।

‘खाल्डोमा पाइप हालरेर पुरेपछि माटोको लोड र माथिबाट हिँड्ने मेशिनको दवालले २५ एमएमदेखि ४० एमएमसम्म चेप्टो भाग अण्डाकारमा भास्सिई विनाश हुँदो रहेछ । यसबाट उक्त पाइपको भार (दवाव) वहन क्षमता नै कमजोर रहेकोमा कुनै विवाद रहेन । सोमध्ये ३७५ मीटर खण्डमा पहिल्यै विदुर भन्ने ठेकेदारले पाइप हालेकोमा प्रेसर लिकेज भई असफल भएको रहेछ । सुन्दरीजलबाट वागमती छेउसम्म ३५० मीटरमा १८०० डीएम प्रकृति पूजन निर्माण तथा सप्लायर्सले पाइप विच्छाएकोमा त्यहाँ पनि प्रेसर लिकेज देखिन गयो,’– प्रकृति पूजन निर्माण तथा सप्लायर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसपछि पेटी ठेक्का प्रदायकसँगको सल्लाह र सहमतीमा सो कैफियत सच्याउन (पुनःनिर्माण गर्न) प्रकृति पूजन निर्माण तथा सप्लायर्स ले सम्पूर्ण काम दोहोरो हुनेगरी लेबर खर्च, पुनः खन्दा र पाइप काटेर जोड्दा लागेको कुनै पनि रकम शोधभर्ना नदिइएको बताइएको छ । मुख्य ठेकेदार कम्पनीले सोधभर्ना नदिई उल्टै विभिन्न मुद्दामा फसाइदिने धम्की दिइरहेको प्रकृति पूजन निर्माण तथा सप्लायर्सले बताएको छ । आफूले काम गरेको डेढ करोडभन्दा बढी रकम भुक्तानी रोकिएको घिमिरेले बताए ।



प्रतिक्रिया दिनुहोस्