Logo

सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता, तीन जना घाइते



काठमाडौं । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका हुन्। बेपत्ता अर्काको पहिचान खुलेको छैन।

ट्याक्टरमा चालकसहित ५ जना सवार थिए। ३ जनाले हाम फालेर ज्यान जोगाएका छन्। घाइते उनीहरूको झोतामा उपचार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्