Logo

रास्वपाको राष्ट्रिय भेला: सभापति लामिछानेको प्रतिवेदन पेस हुँदै, महाधिवेशनको मिति घोषणा गर्दै आजै सकिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौँमा दोस्रो दिन पनि जारी छ। भेलामा आज केहीबेरमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने भएका छन्।

मंगलबार कोषाध्यक्ष लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरेका थिए भने अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन पेस गरेका थिए।

यस्तै, उपसभापति स्वर्णिम वाग्लेले नीति-विचार प्रतिवेदन, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए।

भेलाको पहिलो दिन प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ पनि गरेका थिए। उनीहरूले विचार, संगठन, कार्यशैली र जनसरोकारका मुद्दामा पार्टीले लिनुपर्ने नीतिबारे पनि सुझाव दिएका थिए। सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला आजै सकिनेछ।



प्रतिक्रिया दिनुहोस्