Logo

कोशीका मुख्यमन्त्रीलाई माओवादीको प्रश्न: जनविरोधी केन्द्र सरकारको लाचार छायाँ बनेको यो सरकारलाई कसरी विश्वासको मत दिउँ ?



काठमाडौं,२ असोज । कोशी प्रदेश नेकपा माअ‍ोवादी केन्द्रका नेता गणेश उप्रेतीले जनविरोधी केन्द्र सरकारको लाचार छायाँ बनेको प्रदेश सरकारलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

बुधबार प्रदेश सभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै पूर्व मन्त्रीसमेत रहेका उप्रेतीले वर्तमान सत्तँ गठबन्धन अप्राकृतिक रहेको दाबी गरे । उनले वर्तमान सरकार कुनैपनि हिसावले लामो समयसम्म नजाने दाबी गरे । उनले भने, “विभिन्न भ्रष्टाचारका काण्ड ढाकछोप गर्न र दलाल नोकरसाहलाई संरक्षण गर्नकै लागि सरकार गठन भएको हो । यो सरकार धेरै लामो समय जानै सक्दैन ।”

प्रचण्ड नेतृत्वको सरकारले इतिहासमा हुन नसकेको बेग र क्रान्तिलाई अगाडि बढाउन थालेपछि त्यो बेगले बालकोट र बूढानीलकण्ठतिर आफ्नो रफ्तार सोझ्याउन थालेको बताए । त्यसपछि दलाल, भूमाफिया र भ्रष्टहरूले दुई पार्टीलाई मिलाएको अरोप लगाए ।

उनले भने, “भ्रष्टाचारीलाई जेलको चिसो छिँडीमा कोच्ने अभियान जारी भयो । दुई ठूला दलको नेता पनि पुग्ने भएपछि । त्यो लाचार छायाँमा प्रदेशहरू पनि बनेका हुन् । जनविरोधी केन्द्र सरकारको लाचार छायाँ बनेको यो सरकारलाई हामीले कसरी विश्वास गर्नु’ ।



प्रतिक्रिया दिनुहोस्