Logo

प्रस्तावित राजदूत पण्डित, श्रेष्ठ र तिमल्सिनालाई अनुमोदन गर्न रास्वपाद्धारा अस्वीकार, बहुमतबाट निर्णय गरिँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित १७ मध्ये ३ देशका राजदूतलाई अनुमोदन गर्न अस्वीकार गरेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा रास्वपाका सांसद डीपी अर्यालले तीन राजदूतलाई अनुमोदन गर्न नसकिने बताएका छन् ।

संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिनालाई अनुमोदन गर्न नहुने बताएका हुन् ।

सूचना लुकाएको अभियोगमा अदालतबाट सजाय पाएका पण्डित, अदालतमा सरकारविरुद्ध मुद्दा लडिरहेका तिमल्सिना र मानवअधिकार आयोगको सदस्य भइसकेका श्रेष्ठलाई राजदूत बनाउन नहुने अर्यालले बताएका हुन् ।

रास्वपाले अनुमोदन गर्न अस्वीकार गरेसँगै समितिले बहुमतबाट निर्णय लिने भएको छ । १५ सदस्यीय समितिमा कांग्रेस र एमालेको समान ५-५ गरी १० जना सदस्य रहेको हुँदा दुई दलले चाहँदा उनिहरु अनुमोदन हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्