Logo

श्रीमतीको कारण असुरक्षित भएको भन्दै सिके राउतले मागे सुरक्षा



काठमाडौं, ३ भदौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले श्रीमती सोनी सिन्धु रानीका कारण असुरक्षित भएको भन्दै सुरक्षा माग गरेका छन् । उनले प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका छन् ।

राउत ललितपुरको महालक्ष्मी नगरपालिका– ४ इमाडोलमा बस्छन् । उनले केही समयअघिमात्रै सम्बन्धविच्छेदका लागि फिराद दर्ता गराएका थिए ।

त्यस्तै, उनकी श्रीमती सोनीले पनि श्रीमानबाट असुरक्षित भएको भन्दै प्रहरी बृत्त सातडोबाटोमा निवेदन दिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्