Logo

कारबाही सिफारिसमा परेका रविको समितिसमक्ष बयान: मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन



काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ ।

सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानको बयान पनि उल्लेख छ । बयानमा रविले आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नपरेको जिकिर गरेका छन् ।

समितिले लामिछानेलाई‘सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको छानबिन प्रतिवेदनको वित्तीय विश्लेषण अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थ लिमिटेड, पोखरामा मिति २०७७ चैत ३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु ९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको अकाउन्टपेयी चेक नम्बर ३६२९१४७८ मार्फत भुक्तानी दिएको देखिन्छ । उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?” भन्दै कयन प्रश्न गरेको थियो । जवाफमा उनले आफूले एक रुपैया पनि हिनामिना नगरेको जिकिगरेका छन् ।

‘मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन, मैले ऋण लिएको प्रमाण पनि छैन । मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन,’ संसदीय छानबिन विशेष समितिले लिएको बयानमा ५१ औं प्रश्नको जवाफमा उनले भनेका छन्, ‘म निर्दोष छु ।’

संसदीय छानबिन समितिले सहकारीमार्फत गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँमा गोरखा मिडियाका तत्कालीन सञ्चालक जीबी राई, छविलाल जोशी बन्जाडे, कुमार रम्तेल र लामिछानेलाई जिम्मेवार ठहर्‍याउँदै कारबाही सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस्