Logo

माधव नेपालको झाँक्रीलक्षित अभिव्यक्तिः ‘चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो’



काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीविरुद्ध निराशा, नकरात्मकता र जनतामा अविश्वास पैदा गराउने गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरुलाई सचेत गराएका छन् । आज (शुक्रबार) एकीकृत समाजवादी बागमती प्रदेश कमिटीद्वारा आयोजित १० औं महाधिवेशनको सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी विरोधी गतिविधिलाई कुनै छुट नदिइने बताएका हुन् ।

महाधिवेशनमा उपाध्यक्ष पदमा पराजीत भएकी रामकुमारी झाँक्रीतर्फ लक्षित गर्दै उनले भने, ‘आफू चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो । यसलाई कुनै हालतमा छुट दिन सकिँदैन । पार्टीप्रति निराशा पैदा गर्ने, नकरात्मकता पैदा गर्ने, पार्टीप्रति जनताको विश्वासक कमजोर बनाउने, पार्टी पंत्तिलाई निराश बनाउने कुनैपनि काम यो पार्टीलाई माया गर्ने मान्छेले गर्दैन । नगर्नुस् । रिसको झोकमा सीमाभित्रै बस्नुस् ।’

अध्यक्ष नेपालले जे पायो त्यही नबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । धेरै छुट दिइसकिएको बताउँदै उनले अब मनपरी गरेर हिँड्नेलाई छुट दिन नसकिने बताए ।



प्रतिक्रिया दिनुहोस्