Logo

बचतकर्ताको १ अर्ब ८० करोड ठगेर फरार भएका ढोरपाटनका मेयरको बयान: ज्यान असुरक्षा भएपछि भागेँ



काठमाडौं । नेकपा एमालेका निलम्बित नेता तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले पनि सहकारी रकम बचत दुरुपयोगबारे छानबिन गर्न गठित समितिलाई इमेलमार्फत बयान पठाएका छन् । उनी सहकारी ठगेर फरार भएको १ वर्ष भएको छ ।

इमेज ऋण तथा बचत सहकारीका अध्यक्ष रहेका नेपालीले आफैँ बचतकर्ताको एक अर्ब ८० करोड रुपैयाँ फिर्ता गर्नुपर्ने बताएका छन् । बचतकर्ताको रकम हिनामिना गरेका उनी बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि फरार भएका थिए । तर, भूमिगत अवस्थामै सहकारी छानबिन संसदीय समितिलाई बयान दिएका उनले बचतकर्ताबाट ज्यानको असुरक्षा भएकाले बाध्य भएर भागेको बताएका छन् ।

सहकारी छानबिन समितिका संयोजक सूर्य थापालाई सम्पर्क गरी हुलाकामार्फत समितिलाई बयान पठाएका छन् । जुन बयान समितिले आफ्नो प्रतिवेदनमा समेटेको छ । उनले समितिमा पठाएको बयानमा निजी सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम तिर्ने बताएका छन् । तर, त्यसका लागि वातावरण बन्नुपर्ने उनको सर्त छ । उनीमाथि सहकारी ठगीमा जिल्ला अदालत बागलुङमा मुद्दा चलिरहेको छ । उनले यो मुद्दा फिर्ता भए रकम तिर्ने किसिमको बयान दिएका छन् । उनले मुद्दाकै कारण सार्वजनिक जीवन बाँच्न नपाएकाले मेयरका हैसियतमा कामसमेत गर्न नपाएको भन्दै माफी पनि मागेका छन् ।

यस्तो छ उनले दिएको बयान



प्रतिक्रिया दिनुहोस्