Logo

भृकुटीमण्डपमा बडादशैंलक्षित जुत्ता चप्पल मेला सुरु, १५ देखि ६० प्रतिशतसम्म छुट



काठमाडौं,४ असोज । काठमाडौंको भृकुटीमण्डपमा बडादशैंलाई लक्षित गरेर जुत्ता चप्पल मेला सुरु भएको छ । आज (शुक्रबार) बाट सुरु भएको मेला फुलपाती (असोज २४ गते) सम्म चल्नेछ । मेलामा २ सयको चप्पलदेखि १० हजारसम्मको जुत्ता राखिएको छ ।

आयोजक सविन कार्कीका अनुसार मेलामा अहिले ११ कम्पनीका ३० भन्दा बढी ब्राण्ड र ८ हजारभन्दा धरै भेराइटीका जुत्ता चप्पल रहेका छन् । मेलामा गएर जुत्ता चप्पल खरिद गर्नेहरुले १५ देखि ६० प्रतिशतसम्म छुट पाउन सक्ने छन् ।



प्रतिक्रिया दिनुहोस्