Logo

सहकारी ठगी प्रकरणमा संसदीय समितिले सिफारिस गरेका सबैलाई कारबाही हुन्छः एमाले नेता भट्टराई (भिडिओसहित)



काठमाडौं, ५ असोज । नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन अक्षरश कार्यान्वयन गरी दोषीलाई कारबाही गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा समितिले दोषी देखाएको सबैमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइने बताएका हुन् ।

‘संसदीय छानविन समितिको प्रतिवेदनले किटान गरेको छ । देशको कानुन जे छ, विद्यामान कानुनअनुसार सबैलाई कारबाही हुन्छ । यसमा ए, बी, सी भन्ने सबै कारबाहीको दायरामा आउनुपर्छ । कारबाही भोग्नुपर्छ । कार्यन्वयन हुनैका लागि प्रतिवेदन आएको हो ।’ उनले भने, ‘फेरि यो कार्यान्वयन हुँदैन कि भन्ने शंका गर्ने ठाउँ नै छैन । यतिधरै पीडित छन्, सहकारीबाट, सरकारले केही पनि नगरी बस्न सक्छ ? पीडितहरुको सम्बोधन गर्न सक्नुपरेन सरकारले ?’

फरक प्रसंगमा नेता भट्टराईले २०४६ सालको आन्दोलन, २०६२÷०६३ सालमा शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन र २०७२ सालको संविधान जारी गर्ने क्रममा एमाले–कांग्रेस एक ठाउँमा उभिएको बताए । अहिले मुलुकमा देखा परेको आर्थिक समस्या समाधान र जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न एमाले–कांग्रेस मिलेर सरकारको नेतृत्व गर्नुपरेको बताए । वर्तमान सरकार बनेसँगै राज्यको अर्थतन्त्रले गति लिन सुरु गरेको उनको दाबी छ ।

‘नर्मल अवस्थामा संसद्को पहिलो र दोस्रो पार्टीले सरकार बनाउँदैनन् । तर, जब मुलुक अप्ठ्यारो अवस्थामा जान्छ । मुलुकलाई केन्द्रमा राखेर दुई ठूला दल एक ठाउँमा आउनुपर्ने हुन्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्