Logo

रवि लामिछाने विना लगानी गोर्खा मिडियाको शेयर लिनु भ्रष्टाचार होः एमाले महासचिव पोखरेल



काठमाडौं, ५ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विना लगानी गोर्खा मिडियाको शेयर लिनुलाई भ्रष्टाचारको संज्ञा दिएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा लामिछानेले विना लगानी शेयर लिएर भ्रष्टाचार गरेको टिप्पणी गरेका हुन् ।

‘गोरखा मिडिया प्रा.लि.मा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन् । विना लगानी शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन् । बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो,’– महासचिव पोखरेलले भने ।

सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए । सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी रहेको उनले बताए । महासचिव पोखरेलले रास्वपा सभापति लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रा.लि.मा सहकारीको पैसा हालेर अनुचित काम गरेको जिकिर गरे ।

‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो । रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्