Logo

सहकारी ठगहरु बसेको लोकेशन र घर नम्बर दिँदा पनि सरकारले पक्रिएनः माओवादी नेता दाहाल



काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सहकारी ठगी छानविन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेलायत, मलेसियामा भएका सहकारी ठगलाई ल्याउन नसकेपनि भारतमा लुकेर बसेका केही सहकारी ठगलाई ल्याइदिनुस् भनेर समितिले अनुरोध गर्दा सरकारले बेवास्ता गरेको बताएका हुन् ।

नेता दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबै पात्रहरु कांग्रेस–एमालेका नेताहरु रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरे । ‘आफ्नै कार्यकर्तालाई हत्कडी लगाउन गठबन्धन सरकार तयार हुन्छ कि हुँदैन ? केपी ओली तयार हुनुहुन्छ कि हुनुहुँदैन ? शंका छ,’– उनले भने ।

सरकारलाई समितिले घर नम्बर र लोकेनसमेत दिँदा पनि सहकारी ठगहरु पक्रेर ल्याउन सरकराले सहयोग नगरेको उनको गुनासो छ । ‘हामीले प्रधानमन्त्रीज्यूलाई समितिमै बोलाएर भन्यौं । किन भएन ? गुनासो पोख्यौं । किन सरकार र गृहमन्त्रालय अनइच्छुक छ ? घर नम्बर र लोकेनसमेत दिँदा पनि सरकार त्यहाँ किन पुग्दैन ?’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्