Logo

कांग्रेस-एमाले मिलेर सरकार बनेपछि जनता खुसी छन्ः सभापति देउवा



काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर सरकार बनेपछि जनतामा खुसी छाएको बताएका छन् । आज (शनिबार) काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाउँदा जनतामा खुसी र आनन्द छाएको बताएका हुन् ।

‘एमाले, कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी हुन् । दुई वटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई । तर, प्रतिस्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाएअनुसार त नेपाली जनता खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ,’– उनले भने ।

साथै, कांग्रेसले कामै गर्दैन भन्ने भाष्य रहेको बताउँदै उनले विचार पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कांग्रेसले काम गर्दैन, बढी गफ गर्छ भन्ने जनतामा भ्रम रहेको स्मरण गराउँदै उनले ‘अरुले नै खाइदेला नि’ भन्दै सचेत गराए । File Photo



प्रतिक्रिया दिनुहोस्